डडेल्धुरा, मंसिर २६ ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले व्यक्ति वा समूहको स्वार्थका लागि ल्याइएको संविधान संशोधनको प्रस्तावको कुनै औचित्य नभएको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष रावलले सरकारले ल्याएको राष्ट्रघाती प्रस्ताव एमालेले कुनै हालतमा स्वीकार नगर्ने बताउयनु भयो ।
मुख्य दलहरुबीच विगतमा भए गरेका सहमतिबाट नेकपा माओवादी केन्द्र पछि हटेको आरोप लगाउदै उहाले संविधानको मर्म र भावनाविपरित संशोधन प्रस्ताव आएको बताउनु भयो ।
पर्याप्त सहमतिका आधारमा संविधान जारी भइसकेकाले संशोधनको औचित्य नभएको उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline