नयाँबस्तीमा रहेको प्रहरी वृत्तमा आक्रमण , १३ पक्राउ

नयाँबस्तीमा रहेको प्रहरी वृत्तमा आक्रमण , १३ पक्राउ

  • आइतवार, मंसिर २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ ,२६ मंसिर ।
प्रहरीको लापारर्वाहिका कारण ट्याक्सी चालक राजकुमार लामाको मृत्यु भएको भन्दै एक समुहले काठमाण्डौको नयाँबस्तीमा रहेको प्रहरी वृत्तमा आक्रमण गरेको छ ।

गएराती अत्याधिक मादक पदार्थ सेवन गरी बाटोमा बेहोस अवस्थामा भेटिएका दोलखाका ३६ वर्षीय ट्याक्सी चालक लामालाई प्रहरीले समयमै अस्पताल नपुर्याएकोले मृत्यु भएके भन्दै स्थानीय र लामाका आफन्तहरुको करिब ७० जनाको समुहले वृत्तमा आक्रमण गरेको हो ।

बेहोस रहेको लामाको अत्तरखेलस्थित अस्पताल  पुर्याउदा पुर्याउदै मृत्यु भएको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी प्रधुम्न कार्कीका अनुसार आक्रमणकारीले तीन निजी र एक प्रहरीको मोटरसाईकल जलाएका छन् भने वृत्तको झ्यालका केही सिसा फुटाएका छन् ।

प्रहरीले भीड नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लाक्पा शेर्पा, देवराज मगर, कुमार खत्री, डम्बरबहादुर तामाङ, विष्णु तामाङ लगायत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ