तेह्रथुममा सवारी दुर्घटना ,३ को मृत्यु

तेह्रथुममा सवारी दुर्घटना ,३ को मृत्यु

  • आइतवार, मंसिर २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

तेह्रथुम,२६ मंसिर ।
तेह्रथुमको म्याङलुङ–१ गढीभिरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने ३० जना भन्दा बढी घाइते भएका छन् ।
धरानबाट तेह्रथुमको औंशीडाँडातर्फ जाँदै गरेको ना ४ ख २८६५ नम्बरको बस गढीभिरको सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
एक महिला, एक पुरुष र एक बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।

मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । घाइतेको नेपाली प्रहरी, सशस्त्र र स्थानीयवासीले उद्धार गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ