पछिल्लो समय दलहरुबीच बढेको धुव्रिकरणप्रति राष्ट्रपतिद्धारा चिन्ता व्यक्त

पछिल्लो समय दलहरुबीच बढेको धुव्रिकरणप्रति राष्ट्रपतिद्धारा चिन्ता व्यक्त

  • आइतवार, मंसिर २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २६ मंसिर ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन प्रस्ताव दर्तासंगै दलहरुबीच धुव्रिकरण बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । वर्तमान राजनीतिक गतिरोध अन्त्य गरी संविधान कार्यान्वयनमा दलहरु मिलेर जानुको बिकल्प नभएको उहाँले बताउनु भयो ।

राष्ट्रपति भवन सितलनिवासमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो राख्दै संविधान संशोधनको बिषयमा दलहरुबीच देखिएको धुव्रिकरणले संविधान कार्यान्वयनमा चुनौती थप्न सक्ने तर्फ सचेत गराउनु भयो ।

भेटमा प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनकै लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको भन्दै एमालेको असहयोगका कारण गतिरोध बल्झिएको गुनासो गर्नुभएको थियो ।

उहाँले समस्या समाधानका लागी प्रमुख दलहरुबीच थप छलफल गरि निकास निकाल्न पहल गर्ने बताउनुभएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र सहमतिका लागी सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा उहाँहरुबीच कुराकानी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ