संशोधन प्रस्तावको विरोधमा विभिन्न जिल्लामा आज पनि बन्द जारी

संशोधन प्रस्तावको विरोधमा विभिन्न जिल्लामा आज पनि बन्द जारी

  • आइतवार, मंसिर २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमान्डौ मंसिर २६।
सरकारले प्रदेश नं ५ बाट पहाडी जिल्लालाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा सुरु भएको प्रदर्शन आज पनि विभिन्न जिल्लामा कायमै रहको छ ।

संशोधन प्रस्तावको विरोधमा आज १२ औं दिन पनि अर्घाखाँची र गुल्मी जिल्ला बन्द जारी रहदा ती जिल्लाको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण यातायात, बजार, उद्योग तथा कलकारखाना ठप्प हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

आन्दोलनकारीले दिनहुँ जिल्ला प्रशासन र जिविसको कार्यालय अगाडि धर्ना दिने र फरक फरक प्रकृतिका प्रदर्शन गरेर विरोध जनाउँदै आएका छन् ।

संसद सचिवालयमा दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दको कार्यक्रम यथावत् राख्दै धर्ना र प्रदर्शनलाई अझ सशक्त बनाउँदै लैजाने संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जनाएको छ ।

यता, बुटवल, रोल्पा, पाल्पा, प्यूठानमा भने बन्द हड्तालका कार्यक्रम स्थगित गरी ¥याली, जुलुस, सभा, गोष्ठी लगायतका कार्यक्रम जारी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ