कावासोती, मङ्सिर २६ ।
ट्रकको ठक्करबाट पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुल भाचिदा ठुला सवारी साधन रोकिएका छन् ।
पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल भाचिएर झोलुङ्गो जस्तो बनेपछि सवारी आवागमन रोकिएको छ ।
आज बिहान ट्रकको ठक्करबाट पुल भाचिएको हो । पुल भाँचिएपछि यात्रुबाहक बस र मालबाहक ट्रक बिच बाटोमा नै अलपत्र परेको छ ।
साना हल्का सवारी साधन भने पुल भाँचिएको भागभन्दा अर्को भागबाट सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
बौलाहा खोलामा डाइभर्सन निर्माण गरेरमात्र सवारी साधन आवात जावत गराउन सकिने उहाले बताउनु भयो ।
पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्गको रजहर र कावासोतीसम्म सवारी साधनको लाम लागेको छ । भरतपुर कलेज पढ्न जाने विद्यार्थीसमेत रोकिएको विद्यार्थी झलक पौडेलले बताए ।
बिहान १० बजेसम्ममा डाइभर्सन बनाउने गरी काम थालिएको प्रहरीले जनाएको छ ।