काठमाडौ २६ मंसिर ।
प्रधानमन्त्री समेत रहनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र क्रान्तीकारी माओवादीका अध्यक्ष मोहन वैद्यबीच आज बिहान भेटवार्ता भएको छ ।
राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा पार्टी एकिकरणका साथै पछिल्लो राजनितिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ ।
माओवादीबाट अलग्गिएको क्रान्तीकारी माओवादी अन्तरगतको एउटा प्रभावशाली समुह माओवादी केन्द्रमा एकिकरण भएपछि अध्यक्षलाई वैद्यलाई समेत मिल्न दवाव परेको हो ।
भेटका क्रममा अध्यक्ष वैद्यले प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभाकामना समेत दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज आफ्नो ६२ औं जन्मदिन मनाउदै हुनुहुन्छ ।
यस्तै उहाँले आफ्नो जन्दिनका अवसर पारेर जनयुद्धका घाइते कालिकोटका सर्जन बिकसँग बालुवाटारमा भेट गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शितल निवासमै बोलाएर प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिनुभएको छ ।