काठमाडौ २६ मंसिर ।
आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्बर ११ तारीमा यो दिवस मनाउने गरिन्छ ।
राष्ट्रसंघले सन् २००३ मा डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवसको रूपमा मनाउने घोषणा गरे अनुसार नेपालमा पनि हरेक वर्ष आजकै दिन अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाईदै आएको छ ।
दिवसका अवसरमा आज सरोकारवाला विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले विविध कार्यक्रमको आयोजना गरेका छन् ।
भूगर्वविद्हरुका अनुसार पृथ्वीको पाँच भागमध्ये एक भाग पर्वतीय क्षेत्रले ओगटेको छ । पिउन योग्य पानी मध्ये ८० प्रतिशत पानी पर्वतीय क्षेत्रबाटै उपलब्ध हुँदै आएको छ ।
विभिन्न अध्ययनले वन जंगल बिनासका कारण हिमालय क्षेत्रको जलवायु परिवर्तनमा असर परेको औँल्याएका छन् । यसबाट नेपालको पर्वतीय क्षेत्र र बन क्षेत्र झन् जोखीममा परेको छ ।