मुलुकको पछिल्लो राजनितिक अवस्थाबारे प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल हुदै

मुलुकको पछिल्लो राजनितिक अवस्थाबारे प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल हुदै

  • आइतवार, मंसिर २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २६ मंसिर ।

मुलुकको राजनितिक परिस्थिति र संसदमा जारी गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्दै हुनुहन्छ ।

राष्ट्रपति भवन सितलनिवासमा बिहान ९ बजेपछि हुने छलफलमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै अवरुद्ध संसद, राजनितिक दलहरुबीच पछिल्लो समय बढेको ध्रुवीकरण लगायतका विषयमा छलफल हुने जनाएको छ ।

असन्तुष्ट पक्षको माग सम्बोधनका लागि भन्दै सरकारले संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेसँगै दलीय ध्रुवीकरण तीव्र भएपछि राष्ट्रपति भण्डारीले चासो रख्दै आउनु भएको छ ।

सहमतिका लागि दलहरुबीच भइरहेको छलफलबारे प्रधानमन्त्री दाहालले राष्ट्रपतिलाई जानकारी गराउनु हुने उहाँको निजी सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ