काठमान्डौ मंसिर २६ ।
काभ्रेको नासिका स्थान १ भैसेपाटीमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोरङ मधुवनका मदन श्रेष्ठ रहेका छन् भने पहिचान नखुलेका अर्का एकको घटनास्थलमा नै मृत्यु प्रहरीले जानकारी दिएको छ ।
झापाको दमकबाट काठमाडौं आउँदै गरेको मे. १. ज. २१९१ नम्बर को टाटासुमो र विपरित दिशाबाट आइरहेको बा ४ ख ३५५६ नम्बरको टिपर एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो ।
घाइते ८ जनाको बनेपास्थित शिर ममोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकदेव खनालले जानकारी दिनुभयो ।
दुर्घटनापछि ट्रिपर चालक भने फरार भएका छन् । उनको खोजी कार्य सुरु भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline