प्रिमियर लिगमा आर्सनलद्धारा स्टोक सिटि पराजित

प्रिमियर लिगमा आर्सनलद्धारा स्टोक सिटि पराजित

  • आइतवार, मंसिर २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी, मंसिर २६।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत गए राति भएको खेलमा आर्सनलद्धारा स्टोक सिटी पराजित भएको छ । आर्सनलले स्टोक सिटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

आर्सनलको जितमा थियो वालकोट, मेसुट ओजिल र एलेक्स इओबीले एक एक गोल गरे । स्टोक सिटीका लागि चार्ली एडमले एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै एडमले स्टोक सिटीलाई सुरुवाति अग्रता दिलाएका थिए । ४२ औं वालकोटले गोल गरेपछि पहिलो हाफमा खेल १–१ को बराबरी भयो ।

खेलको ४९ औं मिनेटमा ओजिलले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । ७५ औं मिनेटमा इओबीले गोल गरेपछि आर्सनल ३–१ ले विजयी भएको हो ।

जितपछि आर्सनलको १५ खेलबाट ३४ अंक भएको छ । १४ खेलबाट ३४ अंक नै रहेको चेल्सी गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । १९ अंकसहित स्टोक सिटी भने १० औं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी