धरान, २५ मंसिर ।
लिम्बू जातिको भाषा र संस्कृति जगेर्ना गर्ने र जातीय उत्थानको लागी आजबाट ३० गते सम्म धरानमा चासोक त¨नाम सास्कृतिक पर्यटन उत्सव २०७३ सुरु भएको छ ।
धरान १५ स्थित चुम्ल¨ हिममा आज देखि ३० गते सम्म हुने उत्सवमा लोप हुन लागेका विभिन्न आदिवासी जनजातीहरुको भाषा र संस्कृति आदान प्रदान गर्ने अवसर जुट्ने किरँत याक्थुङ चुम्लुङ धरान नगर समितिका अध्यक्ष सुवासचन्द« हुक्पा चोङवाङले जानकारी दिएका छन ।
आज शनिबार हिममा गरेको पत्रकार सम्मेलनमा पश्चिमी संस्कृतिमा रमाउन थालेका नया“ पुस्तालाई मौलिकपनको बारेमा जानकारी गराउदै भाषा, लिपी, संस्कार, संस्कृति र पेशालाई व्यवसायिक बनाई पुस्ता हस्तान्तरण गर्ने अभियानको रुपमा तथा लिम्बुहरुको दशौको रुपमा सुरुवात गर्नका लागी चासोक तङनामलाई मनाउन लागीएको चोङवाङले जानकारी दिनुभएको हो ।
लिम्बु जातीको परम्परागत मौलिक तथा साँस्कृतिक खेलहरु,केलाङ प्रर्दशनी, आदिवासी जनजातीहरुको सास्कृतिक प्रर्दशनि,साथै साँस्कृतिक कार्यक्रमहरु,बच्चहरुलाई टिका लगाउने कार्यक्रम ,सिरिजंगााको जन्म जयन्ती मनाउने लगायतका बिभिन्न कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ ।
मंसीरे पुर्णीमाको दिनमा गरिने चासोक पुजालाई लिम्बु जातिहरु तङनामको रुपमा लिइने वताएईको छ । मौलिक चाडहरुलाई सामाजिकीकरण गर्ने क्रममा किरात याक्थुङ चम्लुङले पनि चासोकलाई प्रमुख चाडको रुपमा मनाउने निर्णय गरेकोले ०५० सालदेखि मनाउन थालिएको चोङवाङले वताएका छन् ।
सोही समयदेखि चुम्लुङले निरन्तर रुपमा प्रत्येक वर्ष ऐतिहासिक रुपमा पुर्वका नौ जिल्लाका सबै गाउ“, नगर शाखा काठमाण्डौ उपत्यकामा मनाउन थालिएको हो । लिम्बुहरुले आरु फुल्ने यामलाई उभौलि र पैयु फुल्ने यामलाई उद्यौलि सुरु भएको परम्परागत विश्वास रहिआएको छ ।
उभौलि याममा खेति लगाइएको अन्नबालिको बिउबिजन सप्रियोस् भनी प्रकृति देवीलाई आशिर्वाद माग्न यक्वा पुजा गरिन्छ भने लगाएको बाली प्रकृति देवीको कृपाले फलेर पाकेको हुनाले आफुले खानु भन्दा पहिले देविलाई नै चढाएर मात्र खाने चलन लिम्बुहरुमा रहेको हुनाले उद्यौली याममा चासोक पुजा गर्ने चलन रहेको छ । यो पुजा गर्दा लगाएको अन्नबालीमा किरा, चरामुसा नलाग्ने र बाली सप्रिनेमा लिम्बुहरु विश्वास गर्दछन् ।
धरान १५ स्थित चुम्लुङ हिममा हुने कार्यक्रममा हाक्पारे,ख्याली,पालम,साम्लो प्रस्तुती हुने साथै स्थानीय एवम राष्ट्रिय स्तरका कलाकारहरुको आकर्षक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।