२५ मंसिर ,काठमाडौं ।
यस बर्ष पनि ‘हाम्रो अभियान, मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’ भन्ने नाराका साथ चौथो अन्तर्राष्ट्रिय टोपी दिवस मनाउनको लागि दिल्लीमा सि. ए. अध्ययनरत बिद्यार्थीहरु अहिले देखी नै लागिपरेका छन ।
तयारी छिट्टै थालिएकोले, यो अभियान गत बर्ष भन्दा अझ राम्रो हुने आयोजकहरुको भनाइ छ ।
केहि बर्षयता अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको छ | गत बर्ष ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ राजधानीसहित विश्वभर तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको थियो ।
ढाका टोपी – ढाकाको कपडाबाट बनेको पुरूषहरूले लगाउने पहिरन टोपी हो। यो मुख्य रूपले नेपालको पहाडी भू-भागमा बसोबास गर्ने प्राय सबै थरीका मानिसहरूले परम्परागत रूपमा लगाउने गर्दछन् ।
ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन् ।
प्राय दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाकाटोपीले नेपाली जातीको पहिचान जनाउँछ । पाल्पाली ढाकाटोपीलाई देशकै उत्कृष्ट ढाकाटोपी मानिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
