काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा

काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काँकरभिट्टा,२५ मंसिर ।

आगामी पुस १६ गतेदेखि आयोजना हुने मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी यहि पुस १६ देखि २३ गतेसम्म सञ्चालन गरिने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
काँकरभिट्टा खानेपानी संस्थाको सभा कक्षमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष मीनबहादुर बस्नेतले प्रतियोगिताको औचित्यबारे सम्मेलनमा सहभागी सञ्चारकर्मीहरुमाझ प्रष्ट्याएका थिए ।
‘गत वर्षदेखि सुरु गोल्डकपको दोस्रो संस्करणको तयारीमा लागेका छौं,’ सम्मेलनमा उनले भने, ‘प्रथम संस्करणको सकारात्मक पक्षलाई आत्मसात् गरी यसलाई अझ ब्यवस्थित ढङ्गले सम्पन्न गर्ने हाम्रो योजना छ ।’
काँकरभिट्टा उमाविको खेल मैदानमा आयोजना गरिने प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसहित झापा ११, रुपन्देही ११, सशस्त्र प्रहरीको एपीएफ क्लव, हिमालयन शेर्पा काठमाण्डौं, सिएमजी क्लव काठमाण्डौं, बि.आर.सी फ्रेन्स क्लव भुटानले प्रतिष्पर्धा गर्ने भएका छन् ।
८ वटा खेल टिमले सहभागिता जनाउने सो प्रतियोगितामा मनाङ मस्र्याङ्दी र नेपाल आर्मीमध्ये एउटाले भाग लिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई सभ्य, भब्य र ब्यवस्थित ढङ्गबाट सम्पन्न गर्न गठित सर्व पक्षीय सहयोग समितिका संयोजक डिल्लीराम घिमिरेका अनुसार प्रतियोगिताको प्रायोजकमा मेची नेत्रालय र सह प्रायोजकमा मेची बस व्यवसायी संघ काँकरभिट्टा रहेका छन् ।
प्रतियोगिताको प्रायोजक मेची नेत्रालयले नगद ५ लाख रुपैयाँ र सह प्रायोजक मेची बस ब्यवसायी संघले नगद २ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।


सम्मेलनका क्रममा प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष बस्नेत, पुरस्कार प्रायोजन गर्ने मेची नेत्रालयका कार्यालय प्रमुख विकास घिमिरे र सह प्रायोजन गर्ने मेची बस ब्यवसायी संघका अध्यक्ष श्रीप्रसाद मैनालीले सहयोग समितिका संयोजक डिल्लीराम घिमिरेको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त पत्र आदान प्रदान गरेका थिए ।
कुल ४३ लाख ६७ हजार ६ सय रुपैयाँ लागत अनुमान गरिएको उक्त प्रतियोगिताका विजेताले नगदराशी ४ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्यस्तै खेलको वेष्ट प्लेयरले नगद २५ हजार, वेष्ट गोल किपरले १० हजार, हाई स्कोररले १५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष मीनबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सहयोग समितिका सदस्य माधव अर्यालले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी