पुरुष फुटबलतर्फका पूर्वाञ्चल क्षेत्रीय छनौटमा सुनसरी र पाँचथर विजयी

पुरुष फुटबलतर्फका पूर्वाञ्चल क्षेत्रीय छनौटमा सुनसरी र पाँचथर विजयी

  • शनिबार, मंसिर २५, २०७३
  • बिमर्श उप्रेति

  • 4.5K
    SHARES

काँकरभिट्टा,२५ मंसिर ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फको पूर्वाञ्चल टिम तयारीका लागि शनिबार सम्पन्न क्षेत्रीय छनौटमा सुनसरी र पाँचथर विजयी भएका छन् ।
काँकरभिट्टा उमाविको खेल मैदानमा जारी क्षेत्रीय छनौट अन्र्तगत आज भएको पहिलो खेलमा झापालाई टाइब्रेकरमा हराउँदै सुनसरी विजयी बनेको हो ।

टाइब्रेकरमा ३—१ गोल अन्तरले झापा पराजित भएको थियो भने दोस्रो खेलमा ओखलढुङ्गालाई हराउँदै पाँचथर विजयी भएको थियो ।
०—१ गोल अन्तरले ओखलढुङ्गा पराजित बन्न पुग्यो ।

पाँचथरका तर्फबाट सचिन राईले निर्णायक गोल गरेका थिए ।

भोली (आइतबार) पहिलो खेल इलाम र सप्तरी तथा दोस्रो खेल उदयपुर र मोरङबीच हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी