अन्तर लायन्स व्याडमिन्टन प्रतियोगितामा सम्पन्न, लायन्स क्लव अफ मणिग्राम विजयी

अन्तर लायन्स व्याडमिन्टन प्रतियोगितामा सम्पन्न, लायन्स क्लव अफ मणिग्राम विजयी

  • शनिबार, मंसिर २५, २०७३
  • दीपक घिमिरे

  • 6.8K
    SHARES

भैरहवा ,२५ मंसिर।
लायन्स क्लव अफ सिद्धार्थनगर युथको आयोजनामा भैरहवामा सञ्चालित प्रथम अन्तर लायन्स व्याडमिन्टन प्रतियोगितामा लायन्स क्लव अफ मणिग्राम बिजयी भएको छ ।
भैरहवा स्थित भैरहवा व्याडमिन्टन क्लवको कवर्ड हलमा सम्पन्न प्रतियोगितामा लायन्स क्लव अफ बुटवल मिलनलाई २–१ ले पछाडि पार्दै मणिग्राम बिजयी भएको छ ।
लायन्स क्लव अफ बुटवल मिलन र लायन्स क्लव अफ भैरहवा वीच भएको खेलमा भैरहवालाई २–१ ले पछि पार्दै बुटवल मिलन फईनल प्रबेश गरेको थियो ।
त्यसैगरी सेमिफाईनलमै लायन्स क्लव अफ सिद्धार्थनगर युथलाई २–०ले पछि पार्दै मणिग्राम फाईनल प्रबेश गरेको थियो ।
प्रतियोगितामा विजयी क्लवलाई रु १० हजार नगद सहित ट्र«फि तथा रनर क्लवलाई ५ हजार र ट्र«फि प्रदान गरिएको कार्यक्रम संयोजक सुनिल सेन्चुरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी तथा रनललाई लायन्स क्लव ईन्टरनेश्नलका पिडिजि अरुण प्रताप राणा एमजेएफ, लायन्स क्लव अफ सिद्धार्थनगरका अध्यक्ष विनोद खरेल, सिद्धार्थ रिफाईनरी एण्ड सोलभेन्ट ईण्ड्रिष्टिजका सञ्चालक अर्पित अग्रवाल, कार्यक्रमका अध्यक्ष अर्चित श्रेष्ठ लगाएतले पुस्कार वितरण गर्नु भएको थियो ।
रुपन्देहीका लायनहरुमा एक आपसमा मित्रता बढाउनमा लागि प्रतियोगिताको आयोजना गरिएको प्रचार प्रसार संयोजक दीपक घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगितामा लुम्बिनी मिडिया हाउस प्रालिद्धारा प्रकासित लुम्बिनी पोस्ट मिडिया पाटनरको रुपमा सहयोग गरेको थियो ।

unnamed-1
प्रतियोगितालाई यस क्षेत्रकै प्रतिष्ठीत औद्योगिक घराना एस आर गु्रप अन्तरगतको एस आर फुड्स तथा जेके ह्वाईट सिमेन्टले सह प्रायोजकको रुपमा सहयोग गरेका थिए । त्यस्तै यहाँका अन्य औद्योगिक घरानाहरु सिद्धार्थ रिफाईनरी एण्ड सोलभेण्ट इन्ड्रष्टिज, युनिर्भसल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवा, पञ्चकन्या समुह, अर्घाखाँची सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट, सिप्रदी टे«डिङ, अरुण एग्रो ईण्ड्रिटिज, सगरमाथा ईन्स्युरेन्स, साईवावा ज्वलरी सप, बि.के ज्वेलर्स, सन साईन आवासिय उच्च मावि लगाएतले सहयोग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी