सिन्धुली,२५मंसिर।
नेकपा एमालेका सचिव तथा पूर्व उर्जा मन्त्री गोकर्ण विष्टले सिमित दल तथा नेताको स्वार्थमा संबिधान संसोधन प्रस्ताव आएको बताउनु भएको छ ।
सिन्धुलीमा आज आयोजित कार्यक्रममा बोल्दै उहाले सरकारले संसोधन प्रस्ताव ल्याएर देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउनु भयो ।
उहाले मधेका जनताको माग संबोधन नभएर केहि सिमिति मधेसी दलका नेताको लागी संसोधन प्रस्ताव ल्याएको आरोप लगाउनु भयो । विष्टले नेपालको संविधानमा प्रष्ट संग व्यवस्था गरिएको नेपालमा बोलिने सम्पूर्ण भाषा राष्ट्रियभाषा हुन भन्ने प्रष्ट लेखिएको भएपनि अहिलेको सरकारले केही स्वदेशि तथा विदेशीको इसारामा विदेशी भाषालाई नेपालको कामकाजको भाषा बनाउने योजना अनुसार आएको खुलासा गर्नुभयो ।
केही विदेशी विस्तारवादीहरुले नेपालमा अस्थीरता कायम राखि नेपालीलाई सधैभरी दास बनाउन सकिन्छ की भन्ने आशयले नेपालका विभिन्न मुद्धाहरु भित्रयाएको भएपनि देशका केही राजनीतिकदलहरु त्यसको पछि लागीरहेको बताउनु भयो । अहिलेको सरकार विदेशीको गोटि बनिरहेको समेत उहाको आरोप छ ।
उहाले सरकारले पाँच नम्वर प्रदेशलाई टुक्रयाउने गरी ल्याएको संविधान संशोधन कस्को लागी भन्ने कुरा प्रष्टयाउन नसकेकोले एमालेले संविधान संशोधन साथ दिन नसकेको बताउनु भयो ।