कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्धारा त्रिपाठी सम्मानित

कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्धारा त्रिपाठी सम्मानित

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ,२५ मंसीर।

कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजले उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता, कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठीलाई सम्मानित गरेको छ ।साहित्यकार प्रा. डा. केशव प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमाद समालोचक प्रा.डा. त्रिपाठीलाई रू.२०,००५।– राशीको रिया साहित्य स्रष्टा सम्मान पुरस्कार अर्पण गरियो । काठमाडौँ उत्तर पूर्वी क्षेत्रका वरिष्ठ कवि, लेखक, साहित्यकार र समालोचक लगायत साहित्यका अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको यस समारोहमा कविहरू हेम प्रभाष, बलराम दाहाल, रामप्रसाद ज्ञवाली, नारायण नेपाल, नारायण निरासी, कोषराज न्यौपाने, कलानिधि दाहाल, प्रभाती किरण, जय गौडेल लगायत अन्य नयाँ प्रतिभाहरू समेत २५ जना भन्दा बढी कविहरूले कविता वाचन गरेका थिए ।

रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा वि.सं. २०६९ मा स्थापित यो पुरस्कार तथा सम्मान यसअघि क्रमशः डा. शैलेन्दु प्रकाश नेपाल, प्रा.डा. कुमार बहादुर जोशी, प्रा.डा. चुडामणि बन्धु र प्रा.डा. महादेव अवस्थीलाई प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी