काठमाडौँ,२५ मंसीर ।
शिक्षामन्त्री धनिराम पौडे्लले सावर्जनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरुलाई राज्यले संरक्षण दिनुपर्ने बताएका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ,नेपालको शनिबार काठमाडौँमा सम्पन्न सातौँ राष्टिय अधिव्शनमा उनले. सो कुरा बताएका हुन् ।उनले गुठी अन्तर्गतका स्कूल सार्वजनिक भएको भन्दै तिनको संरक्षण गर्न नसके सो को जिम्मेवारी सञ्चालक र सरकारले लिनुपर्ने बताए ।
कार्यक्रम उद्घाटनमा बोल्दै काठमाडौँका जिल्ला शिक्षा अधिकारी जय प्रसाद आचार्यले गुठी विद्यालयले शैक्षिक विकासमा खेलेको भूमिका प्रशंसनीय भएको धारणा राखे ।गुठी विद्यालय संघका अध्यक्ष चुडामणि मरासिनीले ऐन नियमावलीमा गुठीका विद्यालयलाई संस्थागत विद्यालयबाट अलग राखिनुपर्ने माग गरे ।
अधिवेशनले रुपक राजवंशीको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन गरेको छ ।