झापामा क्रान्तिकारी पत्रकार संगठनको आयोजनामा आधारभुत पत्रकारीता तालिम शुरु

झापामा क्रान्तिकारी पत्रकार संगठनको आयोजनामा आधारभुत पत्रकारीता तालिम शुरु

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

मंसीर २५ काठमाण्डौं ।
क्रान्तिकारी पत्रकार संगठन मेची अञ्चलको आयोजनामा आजबाट झापाको बीर्तामोड गरामनीमा एक हप्ते आधारभुत पत्रकारीता तालिम शुरु भएको छ ।

क्रान्तिकारी पत्रकार संगठनका महासचिव प्रज्वल श्रेष्ठले एक समारोहका बीच तालिमको उद्घाटन गर्नु भयो ।

सो अबसरमा क्रान्तिकारी पत्रकार संगठनका लुम्विनी अञ्चल सयोजक प्रकाश डुम्रे, मेची सयोजक आलोक मावोहागं लिम्बु , नेकपा माओवादी झापाका सचिव तारा थापा , प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाई लगायतकाको उपस्थिति रहेको थियो ।

तालिममा झापा, ईलाम, पाचथर, ताप्लेजुगं , सुनसरी , मोरगंबाट गरी २१ जना सहभागी रहेको संगठनका मेची संयोजक आलोक लिम्बुले जानकारी दिनु भयो ।

तालिममा संगठनका महासचिव प्रज्वल श्रेष्ठ, लुम्बिनी अञ्चल संयोजक प्रकाश डुम्रे र मेची संयोजक आलोक लिम्बुले रेडियो तथा छापा र अनलाई सञ्चार माध्यममा समाचार लेखन, बाचन, फिचर समाचार लेखन जस्ता विधामा प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

15416813_1190512147698314_1828903673_n

तालिम सात दिन सम्म सन्चालन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ