काठमाडौं, मंसिर २५ ।
काल्र्सबर्ग ओपन गल्फ टुर्नामेन्ट प्रतियोगिताको उपाधि पेम्बा शेर्पाले जितेका छन् ।
गोकर्ण गल्फ रिसोर्टमा आज सम्पन्न एकदिने प्रतियोगितामा राजेन्द्र श्रेष्ठलाई पछि पार्दै कुल ३७ अंक जोडेका पेम्बाले उपाधि हात पारेका हुन् ।
पेम्बाभन्दा एक अंक कम जोडेका राजेन्द्र ३६ अंकका साथ दोस्रो स्थानमा रहे ।
यस्तै प्रतियोगिताअन्तर्गत् महिलातर्फको उपाधि कल्पना लिम्बूलाई पछि पार्दै प्रतिमा शेर्पाले जितिन् । प्रतिमाले २७ अंक जोड्दा कल्पनाले २५ अंकमात्र जोड्न सकिन ।
प्रतियोगिताकै भेट्रान तर्फको उपाधि महेशविक्रम कार्कीले हात पारेका छन् । प्रतियोगितामा विजय श्रेष्ठले लंगगेष्ट ड्राइभमा शीर्ष स्थान हात पार्दा चार बर्डिज खेलेका वाँगचेन ढुण्दुप मष्ट बर्डिजको विजेता बने ।
प्रतियोगितामा विभिन्न विधामा गरी ९० जनाभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए ।