नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने बंगलादेशको प्रस्ताव

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने बंगलादेशको प्रस्ताव

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, मंसिर २५ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गर्नुभएको छ ।

१५ हजार मेगावाट क्षमताको विद्युत् उत्पादन र्पुयाएको अवसरमा बंगलादेशमा आयोजित बिशेष समारोहमा सहभागी हुन ढाका पुग्नुभएका ऊर्जामन्त्री जनार्दन शर्मासँगको भेटमा उहाले बिभिन्न विकल्पसहित उर्जा क्षेत्रमा लगानिको प्रस्ताव गर्नुभएको हो ।

प्रधानमन्त्री हसिनाले ऊर्जा क्षेत्रमा संयुक्त लगानी , नेपालमा उत्पादित विद्युत्लाई ऊर्जा बिक्री कम्पनीमार्फत् खरिद गर्ने या अन्य कुनै विकल्प अपनाउने भन्नेबारेमासमेत संयुक्त कार्यदल बनाएर छलफल गर्ने प्रस्ताव गर्नुभएको हो ।

बंगलादेशकी प्रधानमन्त्री हसिना ,ऊर्जा राज्यमन्त्री नसरुल हमिद र ऊर्जामन्त्री शर्माबीचको भेटवार्तामा उहाले संयुक्त लगानीका विभिन्न उपायहरु खोज्न र दुबै मुलुक एक–आपसमा मिलेर जलविद्युत् आयोजनामा लगानी गर्ने विषयमा छलफल गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री हसिना र ऊर्जामन्त्री शर्माबीचको भेटवार्तामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडि बढ्ने विषयमासमेत कुराकानी भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

नेपाल र बंगलादेशबीच सरकार–सरकार (जीटुजी) संयुक्त लगानी गर्ने वा निजी क्षेत्रले लगानी गर्ने वा विद्युत् व्यापार कम्पनीमार्फत् विद्युत् खरिद गर्ने भन्ने विषयमा भने पछि नै टुंगो लाग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी