काठमाडौं, मंसिर २५ ।
नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु संविधान संशोधन विधेयकको औचित्यमाथिको बहसमा एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
राजधानीमा आज गरिएको साक्षात्कारमा बोल्दै एमालेका नेता डा. वंशीधर मिश्रले संविधान संशोधन प्रस्तावको औचित्य नभएकोले फिर्ता लिन सरकारलाई सुझाव दिनुभयो ।
उहाले संशोधन प्रस्ताव फिर्ता लिएर दलहरुबीच नयाँ सहमति खोजी गर्न आग्रह गर्दै तीनै तहको निर्वाचनमा लाग्नुपर्ने बताउनु भयो ।
संशोधन प्रस्ताव जनताबाट अस्वीकार्य भइसकेकाले फिर्ता लिनुको विकल्प नभएको उहाको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता फर्मुल्लाह मन्सुरले संविधान संशोधन प्रस्तावको विरोध गर्नु एमालेको राजनीतिक बेइमानीमात्र भएको आरोप लगाउनु भयो ।
उहाले विगतमा आफैले गरेको सहमती अहिलेसत्ता बाहिर आउने बित्तिकै राष्ट्रिघाति भयो भन्नु गलत रहेको भन्दै प्रस्ताव जनभावनाअनुसारकै भएको जिकिर गर्नुभयो ।
यस्तै, राप्रपाका नेता राजाराम श्रेष्ठले संविधान कार्यान्वयनका लागि नयाँ समझदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।