काठमाडौं, मंसिर २५ ।
प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याएमा संसदको अवरोध हट्नसक्ने बताउनु भएको छ ।
आज राजधानीमा सन्चारकर्मीसँगको कुराकानीमा उहाले संविधानको कार्यान्वयन, निर्वाचन र मुलुकलाई समाधान दिने सन्दर्भमा आफ्नो दल बाधक नबन्ने बताउनु भयो ।
एमालेको अवरोधले निर्वाचनका कानुन अघि बढ्न नसकेको भन्ने आरोपको खण्डन गर्दै ढकालले निर्वाचन सम्बन्धी विधेयक ल्याएमा एमाले निकास दिन तयार रहेको बताउनु भयो ।
आगामी २०७४ माघ ७ भित्र केन्द्र, प्रदेश र स्थानीय तहका निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता रहेको भन्दै उहाले संविधान संशोधनको विधेयक फिर्ता गरेर निर्वाचनका तयारी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline