संसोधन प्रस्ताव पारित नभएपनि निर्वाचन हुन्छ : सापकोटा

संसोधन प्रस्ताव पारित नभएपनि निर्वाचन हुन्छ : सापकोटा

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

चितवन , २५ मंसिर ।
माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटले आन्दोलन र बिरोध गर्दैमा सरकारले संविधान संशोधन प्रक्रिया फिर्ता नलिने बताउनु भएको छ ।

प्रेस सेन्टर चितवन शाखाद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सापकोटाले कसैले बिरोध गर्दैमा संसोधन प्रस्ताव फिर्ता नहुने बताउनु भयो । संसोधन प्रस्तावलाई थप परिमार्जन गर्न सकिने भन्दै उहाले एमालेलाई पनि सहमतीमा आउन आग्रह गर्नुभयो ।

संसोधन प्रस्ताव पारित गराए अघि बढ्ने भन्दै उहाले यदि प्रस्ताव पारित नभए पनि सरकारले चुनाव गराएर छाड्ने बताउनु भयो । सरकार गठनका बेला भएको तीन बुँदे सहमतिको आधारमा आएका भन्दै उहाले समयअनुसार अनिवार्य र आवश्यकता भएकोले सरकारले संशोधन प्रक्रिया अगाडि बढाएको दाबी गर्नुभयो ।

अहिले चुनाव पहिलो आवश्यकता भएको भन्दै एमालेको अवरोधका कारण महाअभियोगको प्रस्ताव समेत ओझेलमा परेको उहाको भनाइ छ ।

संविधान संशोधन कतैबाट निर्दे्शित नभई संघीयता जटिल र पेचिलो भएको भन्दै उहाले सबै जातजाति, सबै क्षेत्रको अधिकार सुनिश्चित गर्न पटक–पटक संशोधन गर्न सरकार तयार रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ