अनशनरत तिवारी र सरकारी पक्षबीच चार बुदे सहमती

अनशनरत तिवारी र सरकारी पक्षबीच चार बुदे सहमती

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

सप्तरी ,२५ मंसिर ।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुविधा सुधारको माग गर्दै अनसनमा बस्नुभएका विकास तिवारी र सरकारी पक्षबीच चार बुँदे सहमति भएको छ ।

अनसनमा बसेको अठार दिनपछि आज राजविराजमा स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा दुवैपक्षका प्रतिनिधिबीचसहमति पत्रमा हस्ताक्षर भएको हो ।

सरकारसँग सहमति भएपछि तिवारीले आज कुपोषणले ग्रसित १४ महिने बालिका निलमकुमारी मण्डलको हातबाट जुस पिएर अनसन तोड्नुभएको छ ।

एक महिनाभित्र अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक सरकारले खटाउने, अस्पतालको अनियमितता सम्बन्धमा स्वास्थ्य मन्त्रालयले सात दिनभित्र उच्चस्तरीय छानबिन समिति बनाउने, उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाएपछि दोषी ठहर भएकालाई कारबाही गर्ने सहमती पत्रमा उल्लेख छ ।

नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष तिवारी गत मंसिर ८ गतेदेखि अस्पताल परिसरमै आमरण अनसनरत बस्नुभएको थियो ।

उहाले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको बेथिति छानविन गर्न डा. गोविन्द केसीको संयोजकत्वमा उच्चस्तरिय समिति बनाउनुपर्ने, अस्पताल बालमैत्री बनाउनु पर्ने, अस्पतालमा भर्ना हुने रोगीहरुलाई स्वस्थ, पोषिलो खाना भरपेट उपलब्ध गराउनुपन लगायतका माग राख्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी