बारामा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु

बारामा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमााडै ,२५ मंसिर ।
बारामा आज बिहान जन्ती बोकेको बस र कार आपसमा ठोक्किएर दुर्घटना हुँदा कारमा सवार चार जनाको मृत्यु भएको छ ।

वीरगञ्जबाट जन्ती लिएर नारायणघाटका लागि छुटेको ना ६ ख ६७५४ नम्बरको बस र बा १२ च ८२९० नम्बरको कार बाराको आधाभार जंगलमा ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा कार चालक खोटाङ मंगलटारका २३ वर्षीय दीपक थापा मगर, २८ वर्षीय महेन्द्र आले, सुनसरीका २५ वर्षीय कुमारी थापा र उनका ११ महिनाका छोरा जेनिस रहेका छन् ।

कारमा रहेका अन्य तीन घाइते भएका छन् । घाइतेहरुको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ