चिसो बढेपछि पर्साका विद्यालयहरु बन्द

चिसो बढेपछि पर्साका विद्यालयहरु बन्द

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २५ मंसिर ।  

छ दिनदेखिको शीतलहर र त्यसबाट बढ्दै गएको चिसोका कारण बालबालिका बिरामी हुन थालेपछि पर्साका सबै विद्यालय आजदेखि बन्द भएका छन् ।

हिउँद लागेसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएपछि एक साताका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो ।

चिसोका कारण जनजीवन कष्टकर बनेपछि आगो ताप्न काठको प्रबन्ध मिलाउन उपमहानगरपालिका, नगरपालिका लगायतका सम्बन्धित कार्यालयलाई निर्देशन गरिएको घिमिरेले बताउनु भयो ।

यस्तै बढ्दो चिसोका कारण कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रस्वासका बिरामीको सङ्ख्या बढेको छ । शीतलहरबाट प्रभावित भई बिरामी हुने जिल्लावासीको औषधि उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा खासगरी जिल्लाको ग्रामीण भेगबाट बालबालिका तथा वृद्धवृद्धा बढी बिरामी भई अस्पताल भर्ना भएको चिकित्सकले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ