काठमाडौ २५ मंसिर ।
संसदमा जारी गतिरोध अन्त्यका लागि आज प्रधानमन्त्री पुष्पकमल दाहालल र सभामुख ओनसरी घर्तीबीच छलफल भएको छ ।
प्रधानमन्त्रि निवासमा आज बिहान भएको भेटमा उहाहरुबीच सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव दर्तागरेपछि उत्पन्न गतिरोध अन्त्य गर्ने बिषयमा छलफल भएको थियो ।
प्रमुख प्रतिपक्षी एमाले सहितका ६ दलको अवरोका कारण पटक पटक संसद बैठक अबरुद्ध भएपछि अबरोध हटाउने पहल स्वरुप केहि दिनदेखि राजनैतिक छलफलमा व्यस्त सभामुख घर्तीले आज प्रधानमन्त्री दाहसँग भेटवार्तँ गर्नुभएको हो ।
भेटका क्रममा उहाले संशोधनको प्रस्ताव संसदमा दर्ता गराएपछि उत्पन्न गतिरोध अन्त्यका लागि राजनैतिक रुपमा पहलकदमी लिन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संविधान कार्यन्वयन र कानुन निर्माण गर्नुपर्ने बेलामा संसद अवरुद्ध भएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै सभामुख घर्तीले राजनितिक निकास निकाल्दै संसद बैठक सुचारु हुने वातावरण तय गर्न गर्नुभयो ।
संसोधन प्रस्ताव फिर्ता गर्न माग गर्दै पाचौ पटक सम्म संसद बैठक अबरुद्ध भईसकेकोबारे जानकारी गराउदै उहाले प्रतिपक्षी लगायतका दलसँग वार्ता तथा छलफलका माध्यमबाट निकास निकाल्नु पर्नेमा जोड दिनुभयो
त्यसका लागी सरकारी तवरबाट नै काम हुनुपर्ने भन्दै सभामुख घर्तीले सदनको अबरुद्ध खुलाउन प्रधानमन्त्री दाहाललाई पहलकदमी लिन आग्रह गनुभयो ।
यस्तै बैठकमा घर्तीले यसअघि सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलका बारेमा पनि जानकारी गराउनु भएको थियो ।
जवाफमा आगामि ३० गतेको संसद बैठक बस्नु अगावै सदनको अबरोध हटाउन आफुले पहल गर्ने आश्वासन दिनुभएको छ ।