काठमाण्डौ ,२५ मंसिर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनसम्बन्धी नीतिको कार्यान्वयनमा जोड दिनुभएको छ ।
नेपालमा मानव अधिकार संरक्षण र संवर्द्धनका लागि राज्यले नीतिगत र संरचनात्मक कामहरु गरेको भन्दै उहाले नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वका रुपमा स्थापित गरिएको उल्लेख गर्नुभयो ।
विश्व मानवअधिकार दिपसका अवसरमा उहाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण राख्दै संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनसम्बन्धी नीतिको कार्यान्वयनमा जोड दिनुभएको हो ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसमेत गठन भई क्रियाशील रहेकाले मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनको प्रक्रियालाई अझ सुदृढ बनाउन मार्ग प्रशस्त गरेको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ ।