काठमाण्डौ ,२५ मंसिर ।
संयुत्त राष्ट्रसंघका महासचिव वान कि मुनले आजैदेखि हरेक मानिस अरुको अधिकारका लागि उठ्नु पर्नेमा जोड दिनुभएको छ ।
६८ औं विश्व मानवअधिकार दिवसको अवसरमा शान्ति, दीगो विकास र मानवअधिकार एक अर्कामा अन्तरसम्बन्धित रहेको र एकको उद्देश्य पूर्तिका लागि अर्को अपिर्हाय रहेको भन्दै महासचिव वानले मानवअधिकारको रक्षा भएमा मात्रै दीगो विकासको लक्ष्य पूरा गर्न सकिने बताउनुभयो ।
मानवअधिकारले व्यवस्थित समाजको आधार तयार गर्ने भएकाले यसको रक्षाका लागि प्रतिवद्ध भएर लाग्न उहाँले अन्तर्रा्ष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगका आयुक्त जाइद राअड अल हुसैनले हरेक व्यक्तिले परिवर्तन ल्याउन सक्ने भएकाले मानवीयताका लागि जुट्नु पर्ने बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline