रुसी खेलाडिले सरकारी सहयोगमै प्रतिबन्धित शक्तिवर्धक औषधि लिएको खुलासा

रुसी खेलाडिले सरकारी सहयोगमै प्रतिबन्धित शक्तिवर्धक औषधि लिएको खुलासा

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, मंसिर २५ ।

सरकारी संलग्नतामा नै ओलम्पिक पदक विजेतासहित एक हजारभन्दा धेरै रुसी खेलाडीले डोपिङबाट फाइदा लिएको एक प्रतिवेदनले दावी गरेको छ ।

रिचार्ड म्याकलरेनले तयार पारेको प्रतिवेदनमा रुसी खेलाडी डोपिङ प्रकरणमा नयाँ तथ्य खुलेको हो ।

सन् २०११ देखि २०१५ को बीचमा सरकारको संलग्नतामा भएको डोपिङबाट फुटबलसहितका कम्तिमा ३० खेलका खेलाडीले सरकारी सहयोगमै प्रतिबन्धित शक्तिवर्धक औषधि लिएको खुलासा गरिएको छ ।

पदक जित्नका लागि भएको यो संस्थागत तथा निकै अनुशासित षडयन्त्र रहेको प्रतिवेदनका लेखक रिचार्ड म्याकलरेनले बताएका छन् ।

कानुन व्यवसायी म्याकलरेनका अनुसार लण्डन ओलम्पिक २०१२ मा डोपिङको प्रभाव धेरै परेको थियो ।

यस्तै विश्व एथ्लेटिक्स च्याम्पियनसिप २०१३ तथा विन्टर ओलम्पिक सोची २०१४ मा पनि डोपिङकै कारण रुसी खेलाडीले धेरै पदक जितेको दावी गरिएको छ ।

रुसी खेलाडीले खेल पूर्व हुने डोपिङ परीक्षणबाट जोगिन नून र कफी प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी