स्वास्थ्यमन्त्री आज सप्तरी जादै , असनरत तिवारीसँग छलफल

स्वास्थ्यमन्त्री आज सप्तरी जादै , असनरत तिवारीसँग छलफल

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, मंसिर २५।
१८ औ दिनदेखि आमरण अनशनमा बस्नुभएका विकास तिवारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सरकारले उहाको मागबारे चासो देखाएको छ ।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधार लगायतका माग राखेर अनसन बस्नुभएका तिवारीका मागबारे छलफल गर्न आज स्वास्थ्यमन्त्री गगन थापा सप्तरी जाने हुनुभएके छ ।

मन्त्री थापा आज तिवारीलाई भेट्न र उहाँका मागबारे छलफल गर्न राजविराज जाने उहाँका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो ।

सद्भावनापार्टी गजेन्द्रबादीका अध्यक्ष समेत रहनु भएका तिवारीले अस्पतालमा अनियमितता भएको भन्दै त्यसको छानविन , अस्पतालमा रहेका उपकरण , फोहर व्यावस्थापन तथा नागरिकलाई सहज उपचारको ब्यवस्था गर्न माग गर्दै आमरण अनसनमा बस्नु भएका हो ।

तिवारीका माग पूरा गर्न स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डाक्टर रामेश कोइराला सहितको टोलीले सप्तरी पुगेर छलफल गर्नुका साथै समस्या समाधानका लागि मन्त्रालयले अर्को समिति पनि गठन गरेको छ ।

तर तिवारीले आफ्ना माग पूरा हुने प्रतिवद्धता आएपनि स्वास्थ्य मन्त्री थापा पनि आफूलाई भेट्न आउनुपर्ने माग गर्दै आउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ