चार दिने भ्रमणका लागि सभामुख घर्ती  आज युएई जाँदै

चार दिने भ्रमणका लागि सभामुख घर्ती  आज युएई जाँदै

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ २५ मंसिर ।  

चार दिने औपचारिक भ्रमणका लागि सभामुख ओनसरी घर्ती आज युएई जाँदै हुनुहुन्छ ।

संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै प्रतिपक्षी दलले लगातार संसद बैठक अवरुद्ध गरी सदनको काम कारबाही अघि बढ्न नदिइरहेका बेला सभामुख विदेश भ्रमणमा जान लाग्नु भएको हो ।

युएईमा हुने महिला सभामुखहरुको कार्यक्रममा सहभागी हुन सभामुख घर्ती आज साँझ ५ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक, महाअभियोगको प्रस्ताव लगायतका विषयमाथि छलफल र प्रक्रिया अघि बढाउन सदन चालु रहनु पर्ने बेलामा सभामुख घर्ती युएई जान लागेको भन्दै आलोचना समेत भएको छ ।

संशोधन विधेयक राष्ट्रघाती रहेकाले फिर्ता गर्नुपर्ने भन्दै एमाले लगायतका विपक्षी दलहरुले पछिल्ला चारवटा संसद् बैठक अवरुद्ध गरेका छन् । विधेयक फिर्ता नभएसम्म सदन चल्न नदिन उनीहरुको अडान छ ।

प्रतिपक्षी दलको अवरोधका कारण लगातार सदन अवरुद्ध रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव अलपत्र परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ