६२ प्रतिशत महिला हिंसा श्रीमानबाट

६२ प्रतिशत महिला हिंसा श्रीमानबाट

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ २५ मंसिर ।  

नेपालमा हुने गरेका महिला हिंसाका घटनामध्ये ६२ प्रतिशत घटना श्रीमान् वा नजिकका व्यक्तिबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहँदा यस्तो तथ्य सार्वजनिक भएको हो ।

राष्ट्रिय महिला आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार समाजमा महिलाले आफ्नो रक्षक वा आफ्नो सबैभन्दा नजिक मानिएको सम्बन्धभित्रबाट हिंसा भइरहेको देखाएको हो ।

लैङ्गिक हिंसा–न्यूनीकरण–प्रयास र सम्भावना शीर्षकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा आयोगले लैङ्गिकतामा आधारित हिंसाको सूचना व्यवस्थापन प्रणाली (जीबीभी आईएमएस) मा सन् २०१५ र २०१६ को जुनसम्म सङ्कलित तथ्याङ्क सार्वजनिक गरेको जनाएको छ ।

लैङ्गिकतामा आधारित हिंसाको केन्द्रीकृत तथ्याङ्कको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सन् २०११ मा राष्ट्रिय महिला आयोगको प्रमुख नेतृत्वमा ‘लैङ्गिकतामा आधारित हिंसाको सूचना व्यवस्थापन प्रणाली’को सुरुवात गरिएको थियो ।

त्यसमा महिला हिंसाविरुद्ध काम गरिरहेका विभिन्न दश संस्थाले लैङ्गिकतामा आधारित हिंसाका पीडितहरूको उजुरीका आधारमा तथ्याङ्क सङ्कलन एवम् भण्डारण गर्न जीबीभीआईएमएस प्रणाली अपनाएकोले ती संस्थाको समन्वयमा तयार पारिएको लैङ्गिक हिंसाका दुई हजार ३७५ उजुरीमध्ये ७८ प्रतिशत पीडितहरू विवाहित वा लिभिङ्ग टुगेदर जस्ता सम्बन्धमा रहेकाहरू पाइएको छ, ती घटना ४८ प्रतिशत साँझ वा रातको समयमा भएको पनि तथ्याङ्कले देखाएको छ ।

घर शान्ति नै विश्व शान्तिको आधार र दिगो विकासका लागि लैङ्किक हिंसारहित समाजको नारासहित सुरु भएको महिला हिंसाविरुद्ध यस वर्षको १६ दिने अभियान शनिबार समापन हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ