भारतीय राजदूतको दबाब थेग्न नसकेपछि संसोधन प्रस्ताव स्वीकार्ने मोर्चाको तयारी

भारतीय राजदूतको दबाब थेग्न नसकेपछि संसोधन प्रस्ताव स्वीकार्ने मोर्चाको तयारी

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं ,२५ मंसिर ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्ने रणनितिका साथ आज बैठक बोलाएको छ ।

गत १४ मंगलबार संसदमा दर्ता भएको परिमार्जनसहितको संशोधन स्वीकार गर्ने धारणा बनाउन आज दिउँसो दुई बजे मोर्चाको बैठक बस्दै छ ।

यसअघि यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने निर्णय गरेको मोर्चाले आज बैठक बसि परिमार्जिनसहितको संशोधन प्रस्ताव स्वीकार गर्ने धारणा सार्वजनिक गर्ने भएको हो।

मोचाभित्रै संशोधन प्रस्तावलाई लिएर फरक फरक धारणा सार्वजनिक भएपछि समान धारणा बनाउन भन्दै आज बैठक बोलाएको मोर्चाका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।

संशोधन प्रस्तावले मधेसका समस्या समाधान नगर्ने भन्दै सो प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्नै नसकिने निर्णय गरेको मोर्चाले आज बोलाएको बैठकबाट परिमार्जन गरिएको प्रस्ताव स्वीकार गर्ने निर्णय गरी धारणा तय गर्ने मोर्चाका एक नेताले जनाए।

स्रोतका अनुसार भारतीय राजदूत रणजित रायले मोर्चाका नेतालाई दूतावास नै बोलाएर सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव सकारात्मक भएको भन्दै समर्थन गर्न दबाब दिनुभएको थियो ।

बिहीबार मात्रै सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो भारतीय दूतावास लौनचौर पुग्नुभएको थियो ।‘भारतीय पक्षको चर्को दबाब आएपछि परिमार्जित विधेयकलाई मात्र स्वीकार गर्न सकिने गरी धारणा तय गर्न बैठक बोलाइएको हो,’ स्रोतले भन्यो,‘यसअघि यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने निर्णय गरेपछि दबाब थेग्न नसकेपछि केही लचिलो धारणा तय गर्नुपर्ने स्थिति आएको हो।’

मधेसी मोर्चा्भित्र पनि संशोधन प्रस्तावको विषयमा फरक फरक धारणा सार्वजनिक हुँदै आएका छन्। मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपाल र तमलोपाबाहेकका दल संशोधन प्रस्तावलाई सकारात्मक रुपमा लिनुपर्ने पक्षमा रहेको आजको नागरिकमा खबर छ ।

उनीहरुले धेरै खोज्दा खल्तीमा भएको पनि झर्ने अवस्था आउने भन्दै प्रस्तावलाई आलोचनात्मक समर्थन गर्नुपर्ने पक्षमा छन्। तर संघीय समाजवादी फोरम नेपाल भने प्रस्तावलाई स्वीकार गर्न नसकिने पक्षमा छ ।

मोर्चा्भित्रै फरक फरक धारणा र भारतीय राजदूतको दबाब थेग्न नसकेपछि मोर्चाले संशोधन प्रस्तावप्रति लचिलो धारणा बनाउन लागेको हो।

सरकार प्रस्ताव अगाडि बढाउने वा फिर्ता लिने भन्नेमा निर्णयमा नपुगिसकेको अवस्थामा मोर्चाले प्रस्तावको पक्षमा निर्णय गरे सरकारलाई राहत हुने छ।
बुधबार दाङ र धनगढी पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्रीमा कायम रहेसम्म संशोधन प्रस्ताव फिर्ता नलिने बताएका थिए। प्रमुख प्रतिपक्षसहितका विपक्षी दलले भने सरकारले प्रस्ताव फिर्ता नलिएसम्म संसद अबरोध कायम राख्ने अडानमा छन्। प्रतिपक्षको लगायतको संसद अवरोधकाबीच सभामुख ओनसरी घर्ती शुक्रबार दुइव भ्रमणमा निस्किएकी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ