कक्षा १० को अन्तिम परीक्षा आगामी चैत ६ गतेदेखि हुने

कक्षा १० को अन्तिम परीक्षा आगामी चैत ६ गतेदेखि हुने

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ, मंसिर २४ ।

यस वर्षको कक्षा १० को अन्तिम परीक्षा आगामि चैत देखि सुरु हुने भएके छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरले आज सार्वजनिक गरेको तालिका अनुसार आगामी चैत्र ३ देखि नियमित र प्राविधिक धारका विद्यार्थीका लागि परीक्षा तोकिएको छ ।

चैत्र ३ गते पहिलो दिन अंग्रजी, ४ गते नेपाली, ६ गते गणित, ७ गते विज्ञान, ८ गते सामाजिक शिक्षाको परिक्षा हुनेछ । यस्तै चैत ९ गते स्वास्थ्य जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितिय विषयका लागि परीक्षा हुने कार्यालयले जनाएको छ ।

प्राविधिक धारका विद्यार्थीको परीक्षा भने १४ गते सकिनेछ । परीक्षामा ६ लाख भन्दा बढी विद्यार्थी सामेल हुने परीक्षा नियन्त्रक अम्विका रेग्मीले जानकारी दिनुभयो ।

सरकारले विद्यालय शिक्षालाई कक्षा १२ सम्म विस्तार गर्ने तयारी गरेपनि कक्षा १० को परीक्षा भने परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी