सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, मंसिर २४ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आज पत्रकार सम्मेलन गरी आसन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

राखेपका सदस्यसचिव केशवकुमार बिष्टले पत्रकार सममेलनमा बोल्दै आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

बिष्टले अब कुनैपनि बहानामा सातौं राष्ट्रिय खेलकुदको मिति नसर्ने दाबी पनि गरे ।

प्रतियोगितामा विभिन्न ३० खेलमा २९४ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ ।

सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा गरी पूर्वाञ्चलका ६ जिल्लाहरुमा प्रतियोगिताका विभिन्न खेलहरु सन्चालन हुनेछन् ।

प्रतियोगिताअन्तर्गत् महिला भलिबललगायतका केही खेलहरु भने पुस २ गतेदेखि नै सुरु हुने राखेपले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी