एन्फाले एएफसी सोलिडारिटी जित्ने खेलाडीलाई जनहि ३ लाख दिने

एन्फाले एएफसी सोलिडारिटी जित्ने खेलाडीलाई जनहि ३ लाख दिने

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, मंसिर २४ ।

एएफसी सोलिडारिटी कपको विजेता नेपाली राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही तीन लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति बैठकले विजेता टोलीका सदस्यलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो ।

मलेसियामा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई हराउँदै नेपालले पहिलो पल्ट एएफसीले आयोजना गरेको प्रतियोगिताको उपाधि जितेको थियो ।

बैठकले थ्रीस्टार क्लब एएफसी क्लब च्याम्पियनसिपको प्लेअफ खेल्नबाट वञ्चित भएकोबारे छानबीन गर्न वीरबहादुर खड्का, रमेश रायमाझी र सन्जिव मिश्र सम्मिलित समिति गठन गरेको छ ।

त्यस्तै बैठकले उपाध्यक्ष मणी कुवँरलाई संघको वरिष्ठ उपाध्यक्ष तथा सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष वीरबहादुर खड्कालाई उपाध्यक्षमा मनोनयन गरेको छ ।
ए डिभिजन लिग आयोजना गर्नेबारे पनि छलफल गरेको बैठकले त्यसको तयारीका लागि इन्द्रमान तुलाधर, सन्जिव मिश्र, रत्नकुमार श्रेष्ठ र गोकुल थापाको सदस्यतामा समिति पनि बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी