चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, मंसिर २४।
भारतमा पुस ११ गतेदेखि हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आज २० सदस्यीय टोली घोषणा गरेको हो ।

जसमा ३ जना गोलकिपर, ६ जना डिफेन्डर, ४ जना स्ट्रायकर र ७ जना मिडफिल्डर छन् ।

सुरुमा ३० जना छनौट गरेर अन्तिम २० जनाको नाम सार्वजनिक गरिएको टोलीको कप्तानी रेनुका नगरकोटी र उपकप्तानको जिम्मेवारी आँचल वाइवाले सम्हाल्नेछन् ।

कुमार थापा प्रशिक्षक र अस्मिता खवास सहायक प्रशिक्षक रहेको टोलीका अन्य खेलाडीमा नमिता कुमारी दली, गिता राना, पुनम जर्घा गमर, हिराकुमारी भुजेल, सपना लामा, दीपा अधिकारी साबित्रा राजभण्डारी, कृष्णा खत्री छन् ।

यस्तै गरी अनिता बस्नेत, मनमाया लिम्बू, अञ्जिला तुम्बाफो सुब्बा, दीपा राई, शर्मिला थापा, अञ्जना र रानामागर, मञ्जलीकुमारी योञ्जन, कबिता धिमाल, सरु लिम्बु र निर्मला बिक टोलीमा छन् ।

श्रीलंका, माल्दिभ्स र भुटानसँगै समूहमा एमा रहेको नेपालले पहिलो खेल पुस ११ गते भुटानसँग खेल्ने छ । भारत, अफगानिस्तान र बंगलादेश समूह बीमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ