एमालेको अराजकताका कारण मुलुक बिखण्डनतर्फ : देउवा

एमालेको अराजकताका कारण मुलुक बिखण्डनतर्फ : देउवा

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, मंसिर २४ ।
सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले जनताका जायज मागलाईसमेत अतिरन्जित गरेर प्रचार गर्ने र अराजकता फैलाउने कार्यमा एमाले लागेको आरोप लगाउनु भएको छ ।

राजधानीमा आज नेपाल कर्मचारी युनियन संघको विधानसभा उद्घाटनसत्रमा सभापति देउवाले आफ्नो स्वार्थ पुरा नहुदा विपक्षी दल एमाले र त्यसको नेतृत्वले मुलुकमा अराजकता फैलाएर विखन्डनलाई सहयोग पुग्ने काम गरिरहेको बताउनु भयो ।

एमालेका कारण मुलुकमा विखन्डनको नारा आउन थालेको भन्दै उहाले यस्तो कार्य तत्काल बन्द नगरे त्यसबाट उत्पन्न परिस्थीतिको जिम्मेवार पनि एमाले नै हुनपर्ने बताउनु भयो ।

एमालेकै सहयोगमा संशोधन विधेयक पास हुन पनि देउवाको दाबी छ ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले विपक्षी दलले अनावश्यक विषयमा विवाद गरेको भन्दै दलहरुबीच सहमति गरी निकासको बाटोमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

शनिबारसम्म चल्ने विधानसभाले कर्मचारी युनियनको विधान संघीय संरचनाअनुसार तय गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ