आगामि मंसिर ३० सम्म संसद बैठक स्थगित , संसोधनको विपक्षमा ७ दल

आगामि मंसिर ३० सम्म संसद बैठक स्थगित , संसोधनको विपक्षमा ७ दल

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ २४ मंसिर ।

प्रतिपक्षी दल एमाले सहित संबिधान संसोधन प्रस्तावको विपक्षमा रहेका ७ दलको अवरोधका कारण आज पनि व्यावस्थापिका संसद बैठक आज पनि स्थगित भएको छ ।

बैठक सुरु हुने बित्तिकै राष्टिय जनमुत्ति पार्टी लोकतान्त्रिकका सांसद शिवलाल थापाले बोल्दै मंसिर १४ गते सरकारले दर्ता गराएको संसोधन प्रस्तावमा मगरातको सिमाङकनको बिषय केहि राम्रो जस्तो देखिएपनि बाकी ४ बुदा भने राष्ट्रघाती देखिएको बताउनु भयो ।

सांसद थापाले संसोधन विधेयकमा रहेको नागरिकता तथा भाषाको बिषयमा आएको कुरा नै राष्ट्रिघाती रहेकाले कुनै हालतमा स्वीकार्न नसकिने बताउनु भयो ।

अंगिकृतलाई राज्यको उच्च तहमा पुर्याउने र हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिई सरकारी कामकाजको भाषा बनाउने बिषय नियतबस आएकोले यो राष्ट्रघाती रहेको उहाको भनाई छ ।

भारतीय ईसारामा यस्तो स्रसोधन प्रस्ताव आएको भन्दै उहाले सरकारले तत्काल सो प्रस्ताव फिर्ता लिएर सदनको अबरोध खुलाउनु पर्नेमा अहिलेसम्म उचित कदम नचालेको आरोप पनि लगाउनु भयो ।

सानो भन्दा सानो कुराको निर्णय गर्न पनि लैनचौर र दिल्ली जानुपर्ने तर संबिधान संसोधन जस्तो महत्वपुर्ण बिषयमा प्रतिपक्षी सँग छलफल नै नगरि हचुवाको भरमा ल्याइएको उहाको दाबी छ ।

त्यसलगत्तै सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नगरेसम्म सदन चल्न नदिने भन्दै प्रस्तावको विपक्षमा रहेका दलका सांसदहरुले आ आफ्नो स्थानबाट उठेर बिरोध गरेका थिए ।

सभामुख ओनसरी घर्तीले पटक पटक कार्यसुची सम्झाउर्दै सांसदहरुलाई बस्न अनुरोध गरेपनि बिरोध जारी रहेपछि उहाले आगामि मंसिर ३० गते बिहिवार सम्मका लागी बैठक स्थगित गर्नुभयो ।

संसोधन प्रस्तावको बिरोधप्रति आफ्नो ध्यानाकर्षण भएको तर अख्तियार प्रमुख लोकमानसिह कार्की बिरुद्धको महाअभियोगका बिषयमा छलफल गर्ने बैठकको कार्यसुची रहेकोले सदनमा अबरोध नगर्न सभामुखले आग्रह गरेपनि संसोधन प्रस्ताव फिर्ता नभएसम्म अबरोध जारी रहने बताएका थिए ।

संबिधान संसोधन प्रस्तावको विपक्षमा रहेका ७ दलहरुमा एमाले , नेकपा माले , नेमकिपा , राष्ट्रिय जनमोर्चा , नेपाल परिवार दल , नेपा राष्ट्रय पार्टी र राष्ट्रय जनमुक्ति पार्टी लोकतान्त्रिक रहेका छन् ।

केहि दिन अघि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर परिवार दल र राष्ट्रय जनमुक्ति पार्टी लोकतान्त्रिक संबिधान संसोधन प्रस्तावको बिपक्षमा उभिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ