उदयपुरमा सवारी दुर्घटना ,४ जनाको मृत्यु

उदयपुरमा सवारी दुर्घटना ,४ जनाको मृत्यु

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

उदयपुर , २४ मंसिर ।
उदयपुरको लेखानीमा आज बिहान भएको यात्रु बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् ।

खोटाङको हलेशी महादेवको दर्शनका लागी गएको बा ४ ख ३६२० नम्बरको बस सिद्धिचरण लोकमार्ग अन्र्तगत उदयपुरको लेखानी ५ भदौरेमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सप्तरी मधुपट्टीकी ६० वर्षिया सरस्वती देवी राम, सोही स्थानकी ३३ वर्षिया कुशुम देवी राम र ११ वर्षिय बालक दिपेश राम रहेका छन् ।

अर्की एक महिलाको सनाखत हुन नसकेको कटारीस्थित ईलाका प्रहरी कार्यालयका नायव उपरिक्षक चिरन्जीवी कोइरालाले जानकारी दिनुभयो ।

३ जनाको घटनास्थलमै र बालक दिपेशको उपचारका लागी लैजाने क्रममा मृत्यु भएको हो ।

बस चालक लालन पासवानको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको उदयपुरको कटारी अस्पतालमा उपचार भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ