महिलाको समान अधिकार प्राप्तिका लागि प्रतिबद्ध छौ

महिलाको समान अधिकार प्राप्तिका लागि प्रतिबद्ध छौ

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ ,२४ मंसिर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका प्रमुख तीन पदमा महिलाको उपस्थिति अधिकार प्राप्तीका लागि महत्वपूर्ण कदम भएको बताउनु भएको छ ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत राजधानीमा आज बिहान आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रपति भण्डारीले आफ्नो अधिकार प्राप्तीको लडाईंमा नेपाली महिलाहरु विजय उन्मुख भएको बताउनु भयो ।

उहाले महिलामाथि हुने हिंसा कम गर्दै समान अधिकार प्राप्तिका लागि आफ्नो क्षेत्रबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

यस्तै प्रधानन्यायधीश सुशीला कार्कीले संविधानमा सुनिश्चित भएको अधिकार सम्बन्धमा न्यायपालिका प्रतिबद्ध रहेको बताउदै सर्वोच्च अदालत र न्यायालय त्यसका लागि गम्भीर रहेको धारणा राख्नुभयो ।

सभामुख ओनसरी घर्तीले लैंगिक समानताका लागि महिला हिंसा कम गर्न र समान अधिकार प्रत्याभूत गराउन आवश्यक कानुन निर्माणलाई संसदले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

हिंसा कम गर्न र संसद कानुन निर्माणका लागि अग्रसर रहेको बताउदै उहाँले अधिकार प्राप्तीको लडाईंमा आफुले थप मेहनत गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलका महिला सांसदको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रका महिला सांसदहरुले अधिकारका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ