अहिलेको आन्दोलन संघीयता बिरोधीको षडयन्त्र : प्रधानमन्त्री

अहिलेको आन्दोलन संघीयता बिरोधीको षडयन्त्र : प्रधानमन्त्री

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं ,मंसिर २४ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता र समावेशी समानुपातिक व्यावस्थाको बिरोध गर्नेहरुले बखेडा झिकेर आन्दोलन गरिरहेको बताउनु भएको छ ।

संविधान संशोधन प्रस्तावको विषयलाई लिएर भइरहेको आन्दोलनका पछाडि ठूलो षडयन्त्र भएको आरोप लगाउदै उहाले संघियता नचाहनेको चलखेल भएको बताउनु भयो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले पार्टीका अगुवा कार्यकर्तासंग आज सुर्खेतको विरेन्द्रनगरमा भएको भेटमा बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धि मन नपराउनेहरुले षडयन्त्रको तानावान बुनिरहेको आरोप लगाउनुभयो ।

सरकार निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको भन्दै प्रधानमन्त्री दाहालले त्यसपछि मात्र संविधान कार्यान्वयन हुने बताउनुभयो ।

उपलब्धी संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य रहेको र त्यसकालागी निर्वाचन गर्नैपर्ने उहाँको भनाई थियो ।
फरक प्रसंगमा उहाँले मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायतका दलसंग पनि पार्टी एकता हुने जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ