संशोधन विधेयक फिर्ता नभएसम्म सडक र सदन संघर्ष जारी रहन्छ : नेम्वाङ

संशोधन विधेयक फिर्ता नभएसम्म सडक र सदन संघर्ष जारी रहन्छ : नेम्वाङ

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २४ मंसिर ।  

नेकपा एमालेका नेता एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान संशोधनका लागि सरकारले संसदमा पेश गरेको विधेयक फिर्ता नलिएसम्म सदन र सडक संघर्ष नरोकिने बताउनु भएको छ ।

आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधान कार्यान्वयन गर्ने बेलामा संशोधन गर्नुको कुनै औचित्य नहुने बताउनु भयो ।

संविधान कार्यान्वयनका लागि निर्वाचन गराउन भन्दा संशोधन गर्नतिर सरकार लागेकाले बाध्य भएर आफूहरु सडक र सदनको संघर्षमा जानु परेको नेमवाङको भनाई छ ।

नेम्वाङले ९० प्रतिशत जनप्रतिनिधिको सहमतिमा निर्माण भएको संविधान कसैले भन्दैमा परिवर्तन गर्न नसकिने स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ