असनरत तिवारीलाई भेट्न स्वास्थ्यमन्त्री थापा भोली सप्तरी जाँदै

असनरत तिवारीलाई भेट्न स्वास्थ्यमन्त्री थापा भोली सप्तरी जाँदै

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, मंसिर २४।
सत्र औ दिनदेखि आमरण अनशनमा बस्नुभएका विकास तिवारीलाई भेट्न स्वास्थ्यमन्त्री गगन थापा भोली सप्तरी जाने हुनुभएको छ ।  मन्त्री थापा भोली तिवारीलाई भेट्न र उहाँका मागबारे छलफल गर्न राजविराज पुग्ने उहाँका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो ।

सद्भावनापार्टी गजेन्द्रबादीका अध्यक्ष समेत रहनु भएका तिवारीले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा अनियमितता भएको भन्दै त्यसको छानविन गर्नुपर्ने, नागरिकलाई सहज उपचारको ब्यवस्था गर्न माग गर्दै आमरण अनसनमा बस्नु भएका हो ।

तिवारीका माग पूरा गर्न स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डाक्टर रामेश कोइराला सहितको टोलीले सप्तरी पुगेर छलफल गरेको छ भने समस्या समाधानका लागि मन्त्रालयले अर्को समिति पनि गठन गरेको छ ।

तर तिवारीले आफ्ना माग पूरा हुने प्रतिवद्धता आएपनि स्वास्थ्य मन्त्री थापा पनि आफूलाई भेट्न आउनुपर्ने माग गर्दै आउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ