विद्युत व्यापारमा नेपालमाथि भारतको एकाधिकार

विद्युत व्यापारमा नेपालमाथि भारतको एकाधिकार

तेस्रो मुलुकको लगानी सम्भावना लगभग समाप्त

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २४ मंसिर ।  

भारत सरकारले नेपालसँग विद्युत व्यापारमा आफ्नो एकाधिकार कायम गरेको छ । भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्दे्शिकाले नेपालसँगको विद्युत् व्यापार रणनीतिक रूपमा नियन्त्रण गरेको हो ।

विद्युत् व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक महत्वको मुद्दा बनाउँदै भारतले नेपाल, भुटान र बंगलादेशमा भारतीय कम्पनीले उत्पादन गरेको विद्युत् आयात गर्ने बाटो खुला गरेपनि सम्बन्धित तथा तेस्रो देशका कम्पनीले उत्पादन गरेको बिजुली आयातमा रोक लगाएको छ ।

निर्देशिका अनुसार नेपालमा भारतीय कम्पनी जिएमआर र सतलज कम्पनीले उत्पादन गर्ने बिजुली भारतले निर्वाध रुपमा किन्ने भएपनि चीन, अमेरिका, कोरिया, नर्वेका साथै नेपालकै निजी कम्पनीले उत्पादन गरेका बिजुली भने खरिद नगर्ने भएको छ ।

यसले गर्दा नेपालमा जलविद्युत् विकासलाई ठूलो चुनौती खडा गरेको छ । भारतीय लगानी बाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालमा तेस्रो देशको लगानीको सम्भावना लगभग सकिएको छ ।

भारतबाहेक स्वयम् नेपाली लगानीमा निर्माण भएका आयोजनाबाट उत्पादित बिजुली समेत भारतीय बजारमा सिधै बिक्री नहुने भएको छ । विदेशी कम्पनीले उत्पादन गर्ने ठूला आयोजनाको विद्युत् नेपाल आफैले खपत गर्न सक्दैन । यसले गर्दा जलविद्युत्मा विदेशी लगानीको सम्भावना लगभग समाप्त भएको छ ।

भारतले जारी गरेको निर्देशिकाले भारतीय बजारमा विद्युत व्यापारका लागि बाटो खोलिदिएको भएपनि बाटो साँघुरो बनाइ दिएको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता एवं विद्युत व्यापार विभागका प्रमुख प्रवल अधिकारीले बताउनुभयो ।

निर्देशिकाले नेपालमा जलविद्युत आयोजनाको लाइसेन्स लिएर काम गरिरहेका भारतीय कम्पनीहरुलाई भने उत्साहित बनाउने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी