रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण कार्य आजबाट सुरु हुने

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण कार्य आजबाट सुरु हुने

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं मंसिर,४।
गत वर्ष गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण कार्य आजबाट सुरु हुने भएको छ ।

ललितपुरको कार्यविनायक नगरपालिका स्थित बुङ्मतीमा रहेको सो मन्दिर भूकम्प गएको डेढ वर्ष पछि पुनर्निर्माण हुन लागको हो । आज देखि निर्माण थाल्ने गरी टेण्डर लगायत सबै प्रक्रिया टुंग्याइएको बताइएको छ ।

आज औपचारिक रुपमा श्रीलंकाली राजदूतले मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको सुरुवात गर्ने पुरातत्व विभागका इञ्जिनियर सम्पत घिमिरले जानकारी दिनु भयो ।

सो मन्दिर पूनर्निर्माणको लागि लाग्ने करिब ५ करोड रकम सबै श्रीलङकाले बेहोर्ने उहाँले उल्लेख गर्नु भयो । मन्दिरको पुनर्निमाण श्रीलङकाले गरे पनि यसको सुपरिवेक्षण भने पुरातत्व विभागले गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ