काठमाडौ २४ मंसिर ।
मुलुकको पछिल्लो राजनितिक परिस्थिति र अवरुद्ध सदन खुलाउने सम्बन्धमा सभामुख ओनसरी घर्तीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्दै हुनुहुन्छ ।
सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने माग राख्दै प्रतिपक्षी एमालेले लगातार सदन अवरोध गर्दा संसदको कामकारबाही प्रभावित भएपछि सभामुख घर्तीले सदन खुलाउने पहल थाल्नु भएको हो ।
प्रधानमन्त्री दहाल सुर्खेतबाट काठमाडौं फर्किए लगत्तै छलफल गर्ने सभामुखको तयारी रहेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । यसअघि सभामुख घर्तीले हिजो कांग्रेस सभापति शेरबहालुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो ।
यद्यपी सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा कायम रहेपछि सहमतिको प्रयास भने सफल हुन सकेको छैन । विधेयक फिर्ताको माग गर्दै एमालेले लगातार दिन अवरोध गर्दा अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल समेत प्रभावित बनेको छ ।